स्मृति केसी

थुप्रैको रुप देखेको छु
थुप्रैको बोलि सुनेको छु
तिमी विशेष प्रभावमा परेको छौ
तिमीलाई मनको कुरा भन्न पनि सकेको छैन
चाह छ्दाछदै पत्र कोर्न पनि सकेको छैन

उपन्यास पढेको छु
मान्छेहरुको व्यवहार देखेको छु
सबैमा विपरित लैंगिक आकर्षण हुन्छ
जे होस् जिबनमा मैले तिमीलाई मन पराएकी छु

तिमीलाई पनि मनमा उथलपुथल भएका होलान
कुरा गर्दा मैले तपाई नै भन्छु
यहाँ मैले तिमी भनेको छु दुख नमान्नु
सार्वजनिक सिर्जनामा प्रस्ताव राखेकी छु
दिलको कुनामा राख्दाराख्दै मलाई होइन होला नभन्नु

किन गर्नु यहाँ बोलि र रूपको कुरा
किन गर्नु यहाँ प्रभाबको कुरा
कसैप्रति बिस्वास गर्नु र नगर्नु
मनका भावनाहरु पत्रमा कोर्नु र नकोर्नु
यि सबै सबै तिम्रा अन्तरमनको कुरा

उपन्यास केहि यथार्थ होलान् केहि काल्पनिक
ब्यबहार देखावटी होलान् वा मार्मिक,
बासना र प्रेमको आ आफ्नै पाटा होलान
तर पनि यो तिम्रो भावनाको कुरा

कसैको मन रुनु र हाँस्नुमा
सम्बोधनको कुरा गर्नु र नगर्नुमा
त्यो कुनै दुखेसोको कुरा भएन
दिलको गहिराइलाइ छुन सक्यौ, सकेनौ
फगत् बोलिको भाषा यो तिम्रै बाहानाको कुरा ।
हिंड्दा हिंड्दै उनको हात, छोडेर जान सकिन
झुक्याएर घुमाउरो बाटो, मोडेर जान सकिन 

खै कुन्नि के त्रास छायो, यो मन डराइदिने 
नजिक हुन उनिसङ्ग मुटु, जोडेर जान सकिन 

न पराइ भन्न सकें, न आफ्नो भन्न सकें
हृदयमा जोडिएको नाता, तोडेर जान सकिन

हेरेर नयनको प्यास, नमिटिने ती पलहरु 
त्यो सुन्दर फुलको बाग, गोडेर जान सकिन

कति कमजोर बनेर, यात्रामा सामेल भएछु म
उनिमाथीको बाधाको पर्खाल, फोडेर जान सकिन 

यो बदलिदो मौसम् अनी यो बदलिदो परिबेश,

सुन्दर बनावट, सुन्दर भावना, तर त्यो छद्मभेस

खै कसरी चिन्नु यहाँ, को कस्तो को कस्तो,

बुझेर पनि बुझी नसक्नुको यो महान परदेश

तिम्रो खुशीको लागि म,सधैं पराइ भएर बाँच्न सकुँ
तिम्रा प्रत्येक मुस्कान सङ्गै, दिल खोलेर हाँस्न सकुँ
.
मेरो पलभरको खुशिको निम्ती, तिम्रो खुशि लिउँ कसरि ?
 तिमी जाउ तिम्रो सङ्गी सङ्गै, म यादहरु साँच्न सकुँ
.
 यो हार मानुँ कसरि म, तिम्रो खुशि नै मेरो जीत हो
तिम्रो खुशिको स्वर्णिम् पलमा, म खुशिले नाँच्न सकुँ

२०६६ मंसिर २२ – महिलावादी अठारवटा संस्थाहरूको सञ्जाल ‘शान्ति मालिका’ले जिल्ला र केन्द्रीय पत्रकारहरूबीच अन्तरक्रिया आयोजना गर्‍यो । गोर्खा, धादिङ, रूपन्देही र कपिलवस्तु जिल्लाबाट बोलाइएका बीसजना पत्रकारले राजधानीका अखबार, टीभी र एफएमका निणर्ायक

ठाउँमा बसेका पत्रकारहरूसमक्ष आफ्ना समस्याबारे छलफल गरे ।

जिल्लामा कसरी बाँच्ने र समाचार पठाउने भन्ने चुनौती रहेको दाबी स्थानीय पत्रकारहरूको थियो । त्यसरी पठाएका सामग्रीले पनि केन्द्रीय सञ्चारमाध्यममा स्थान नपाएकोमा उनीहरूले खिन्नता प्रकट गर्दै भने, तर त्यस्तै समाचार राजधानीको भए प्रथम पृष्ठमा प्रकाशित हुने थियो । जिल्लाको ठूलो समाचारले पनि एक कोलमको ठाउँ पाउन गाह्रो छ ।

केन्द्रका पत्रकार जिल्लामा गएर लेखे भने त्यही समाचार महत्त्वका साथ प्रकाशित हुन्छ । आफ्ना समाचारले स्थान पाए पो जिल्लामा काम गर्नेलाई हौसला हुन्छ । उनीहरूले आरोप लगाए, काठमाडौंमा बस्नेहरू सोच्छन्- ७४ जिल्लाका समाचार स्थानीय हुन् र राजधानीको समाचारमात्र राष्ट्रिय हो । गोर्खामा बसेर काठमाडौंको सानो समाचार पनि राष्ट्रिय समाचार भनेर पढ्नु, सुन्नु र हेर्नुपर्छ ।

सम्पादन ? सम्पादनमा गरिने हेलचेक्र्याइँले अर्थको अनर्थ हुन्छ । कहिले त समाजको शान्ति व्यवस्थामै खलल पुर्‍याउँछ त्यसले । जिल्लाका सामाजिक-आर्थिक गतिविधिले त ठाउँ पाउनुपर्छ । महिलाका कुरा समानुपातिक हिसाबले छापिनुपर्छ ।

मिहेनत गरेर, फिल्डमा पुगेर समाचार बनायो, तर पारिश्रमिक ? भएको खर्चजति पनि पाइँदैन । कसरी जिल्लामा काम गर्नु ? श्रमजीवी पत्रकार ऐन जिल्लामा लागू भएकै छैन । मोफसलमा नियुक्ति नदिई, कार्डमात्र दिएर काम गराइन्छ । यो महिला त हो नि भनेर महिलालाई कत्ति प्राथमिकता दिइन्न ।

केन्द्रीय तहमा काम गरिरहेका पत्रकारहरूले पनि आफ्ना कुरा राखेे- समाचार महत्त्वका आधारमा छापिने, बजाइने र देखाइने कुरा हो । त्यसैले प्रतिस्पर्धामा आउने समाचार पठाउनोस् । इसुमा लेख्नुस् ।

तर समाचार लेखेरमात्र हुँदैन, लेखाइमा गुणस्तर पनि हुनुपर्छ, प्रविधि पनि आधुनिक हुनुपर्छ । भाषा पनि

हेरिन्छ । नेताले जे बोल्यो, त्यही न्युज नभएजस्तै जे लेख्यो, त्यो समाचार हुँदैन । समाचार हुन समाचारको अङ्ग पुगेको हुनुपर्छ । न्युज फलोअप पनि हुनुपर्छ ।

पत्रकारले आफूलाई चुस्त-दुरुस्त पारिरहनुपर्छ । भाषा, शैली, विषयवस्तुबारे जानकारी र सन्दर्भ सामग्री, तथ्य-तथ्यांक, तिथिमितिबारे पत्रकारले आफूलाई जति तयार पारिरहेको हुन्छ, उति नै उसको लेखन प्रभावकारी बनेको हुन्छ र यही छापिन्छ पनि ।

छलफल, महिला संस्थाहरूको पहलमा आयोजना गरिए पनि महिला इसुतर्फ मोडिएन । पत्रकारिताका सामान्य कामकुराहरू नै बढी चर्चामा आए । हुनुपर्ने थियो, महिलाका इसु किन खासै समाचार बन्दैनन् ? तर यसतर्फ न आयोजकको ध्यान गयो नत सहभागिहरूले नै यस्ता विषयलाई छलफलमा ल्याए । के महिला इसुहरू बासीमात्र छन् ? नयाँ विषयवस्तु सकिइसके ? कि त्यतातर्फ ध्यान दिन महिला नेतृहरूलाई फुर्सद छैन ? अथवा डोनरहरूले त्यसतर्फ रूचि नै नराखेकाले ती प्राथमिकतामा नपरेका हुन् ? प्रश्न यथावत छन्, जवाफ पाइएको छैन ।

स्थानीय डाँछी गाविसकी शोभा रेग्मीले भनिन्- आधुनिक महिलाले जे भने पनि गाउँको अवस्था सुध्रनसकेको होइन । गरिबीमात्र होइन, पछौटे सोचको दलदलबाट महिलालाई उठाउन सहरका मात्र होइनन्, गाउँका महिलामा जागृति जरुरी छ । तर के गर्नु सहरी चिल्ला सडक र चम्किला होटलमा कोट-पाइन्ट लगाएर जुलुस-सभा र टीभीमा बोल्दैमा हुने रहेनछ । व्यवहार व्यवहार नै हुनेरहेछ । उनी भन्दै गइन्, सभाहरूमा सुकिला दिदी-बहिनीका कुरा सुन्यो, तर उनीहरू चिल्ला गाडीमा हुइँकिएपछि हामी त पुरानै ठाउँमा रहन्छौं । स्थिति, समय, सोच, बानीव्यहोरा सबै उही, केही फरक हुँदैन ।

उनले पत्यार नलाग्ने तर एउटा आत्मदाहको सत्यकथा बताइन् । छक्कमात्र होइन, सोचमग्न पारिन् । उनले सुनाएको घटनालाई कसले सम्बोधन गर्ने ? यस्ता समस्या गाउँमा जरा गाडेर बसेका छन्, कहाँबाट थाहा पाउन् ? कसरी जानुन् र त्यसबारे राष्ट्रिय स्तरमा बहस चलाउन् । बहस त हिजोआज टीभी, रेडियो र पत्रिकाको कोलमको नाम भएको छ ।

के शान्ति मालिका नामक महिला एनजीओ सञ्जालको नेतृत्व गर्ने दुर्गा शोबले यस्ता सवालको जवाफ दिन्छिन् ? अथवा त्यो सञ्जालका संघर्षशील नेतृहरू सर्मिला कार्की, शोभा गौतम, बबिता बस्नेत, सलोनी सिंह, दुर्गा घिमिरे, सपना मल्ल, शारदा पोखरेल, रीता थापा, अरूणा उप्रेती, सुम्निमा तुलाधर, सम्झना श्रेष्ठ, गीता प्रधान, तुलसीलता अमात्य, स्टेला तामाङ, मोहिनी महर्जन, शोभा बस्नेतहरूले दिन्छन् ? जवाफ कहीँबाट आएको छैन । किनकि यस्ता सवाल उनीहरू कहाँ पुग्ने ‘मेकानिजम’ अझै बनेको छैन । त्यसैले शोभा रेग्मी बहिनीले सुनाएको घटना कसैले कतै चर्चासम्म गरेको छैन । महिला नेतृहरू माथिमाथि, विदेश चहार्ने र होटल बजार्ने घटनाबाट माथि उठ्नसकेका देखिँदैनन् । तर गाउँमा आधा आकास धानेर बसेका महिलाका युगान्तकारी इसु त्यत्तिकै मरिरहेछन् र बासी इसुहरू सदनदेखि सडकसम्म वक्तव्यबाजीमा उछालिइरहेछन् । होइन भने यी आत्मदाह गर्ने महिला नारी आन्दोलनको चिराग बन्नुपर्ने हो ।

विद्राेहस्वरूप दर्जनौं शिष्य लिएर अरूण नदीमा हाम फालेर आत्मदाह गर्ने योगमाया महिला विद्रोहको सिम्बोल हुन् । तर त्यही स्तरमा आत्मदाह गर्ने आधुनिक योगमायाको नामसमेत बाहिर आउनसकेको छैन । उनको इहलीला समाप्त भयो । घाटमा लगेर लास खरानी बनाइसके । तर समस्या जहाँको त्ाहीँ छ । कसैले सम्बोधन गरेको छैन ।

के थियो त्यो घटना ? जहाँ भर्खर कि यौवनाले आफ्नो जीवन नै उत्सर्ग गरिन् ? किन गरिन्, उनले प्राणत्याग ? सुन्दा अचम्म लाग्छ । अहिलेको युगमा पनि यस्तो घटना हुनसक्छ र ? तर भयो र त्यसैको तोड खप्न नसकेर युवतीले जीवन उत्सर्ग गरिन् । तर उनको कुरवानीबारे अठारवटा महिला संगठनको त कुरा छाडौं, अन्य ६ सय अठारवटा महिला संघ-संस्थासमेत मौन छन् । तिनको मौनव्रत कहिले टुट्छ होला ? ताकि भौंतारिइरहेकी ती यौवनाको आत्माले कतै बस्ने ठाउँ पाउँथ्यो कि ?

घटना एक कान दुई कान मैदान भइरहेछ । ठाउँ पनि राजधानीसँगै जोडिएको जिल्ला रहेछ । जहाँ विद्वान- बुजु्रकहरूको कमी छैन । तर यो मुद्दा ती विद्वानले कम्बल ओढाएर छोप्नुपर्ने नै ठहर्‍याए र त्यसलाई सामसुम पारे । तर जति ढाकछोप गरे पनि समस्या छोपिनसकेको छैन । यो महिला पीडाको निकास के हो ?

‘विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।’

तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- ‘पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ

बुहारी ?’

त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् ।

जंगबहादुरले बनाएको मुलुकी ऐनमा व्यवस्था गरिएको थियो- ‘पाध्न्याको महल ।’ कसका अगाडि-पछाडि पाध्यो भने कस्तो दण्ड सजाय हुन्छ ? त्यसमा विस्तृत व्यवस्था गरिएको छ । तर मुलुकी ऐनको आधुनिकीकरणका नाममा त्यो व्यवस्था हटाइयो । नयाँ घटना महिला आन्दोलनको आँगनमा विस्कुनको रूपमा छरिन आइपुगेको छ ।

अब भन्नुस्, शोभा, शर्मिला, दुर्गा, बबिता, सलोनी, दुर्गा, सपनाहरू नेपाली महिलाहरूले भोग्नुपरेको यो अप्ठ्यारो कसरी हटाउने ?

स्वाभाविक शारीरिक कुरा हो- पाध्नु । तर सामाजिक सम्बन्ध, स्थान, हैसियतलाई कसरी व्यवस्थित गर्ने ? यसलाई व्यवस्थित गर्ने कार्यक्रम महिला सञ्जालसँग छ ? छ भने के होला ?

साभार : ईकान्तिपुर बाट कृष्ण मुरारि भण्डारी

खाली निधार बस्नु पर्‍यो, यस पालीको दशैं तिहार
मनमा छुरी धस्नु पर्‍यो, यस पालीको दशैं तिहार
-
रहरै भो मान्यजनको हातले आशीस थाप्ने रहर
परदेशमै फस्नु पर्‍यो, यस पालीको दशैं तिहार
-
रोहटे पिङ र लिङ्गे पिङमा,चाचाहुइया गर्ने रहर
कलेजीमै कस्नु पर्‍यो, यस पालीको दशैं तिहार
-
सयपत्री, मखमली, फुलको माला लाउने रहर
सबै इच्छा खस्नु पर्‍यो, यस पालीको दशैं तिहार

      ॠषि राम खवास

namrataमोडलिङबाट नायिका बनेकी नम्रता श्रेष्ठको चर्चा व्यापक नै थियो। उनको स्वभाव र सौन्दर्यको तारिफ गरेर थाक्दैनथे उनका प्रशंसकहरू। नायिका हुनु त यस्ती? स्वभाव यति राम्रो अनि पढाइ पनि उत्ति नै बलियो। यस्ता थुपै्र शब्द ओइरिन्थे उनीमाथि।

तर, यतिबेला भने नम्रताको साख गिरेको छ। उनको प्रशंसा गरेर नथाक्नेहरू उल्टै आज उनलाई गाली गर्न थालेका छन्, \’सुन्दर खोलभित्र विकृतिजन्य क्रियाकलापकी खेलाडी पो रहिछिन् नम्रता।\’ उनका बारेमा यस्तै कुरा बजारमा छ्यापछ्याप्ती सुनिन थालिएको छ। नम्रताको बारेमा यसरी नकारात्मक प्रभाव पर्नुमा कारण उनी नै बन्न पुगिन्। नम्रताले शारीरिक सम्पर्कका समयमा गरेको आपत्तिजनक क्रियाकलाप नै उनलाई दर्शकहरू माझ गलत रूपमा उभ्याउने कडी सावित हुन पुग्यो। बाहिर देख्दा सभ्य, नम्र अनि भद्र लाग्ने नम्रताको यस्तो क्रियाकलापका दृश्यहरू इन्टरनेट हुँदै उनका प्रशंसकहरूको मोबाइलमा पुगेपछि आफूलाई नम्रताका फ्यान भनेर चिनाउँदा गर्व गर्नेहरूको मन कुँडिएको छ अनि भाँचिएको छ।

डीजे तान्त्रिकसँगको नम्रताको शारीरिक सम्पर्कको सो भिडियो हेर्दा लाग्छ कि यस्तो क्रियाकलापमा उनीहरू लामो समयदेखि आबद्ध थिए र नम्रता त्यो भिडियोमा एउटी पेसेवर युवतीजस्तै गरेर प्रस्तुत भएकी छिन्। जानकारीमा आएअनुसार उक्त नर्मता र डीजे तान्त्रिकबीचको आपत्तिजनक अवस्थाको भिडियो भने तान्त्रिककै श्रीमतीले प्रचारप्रसारमा ल्याएकी थिइन्। भिडियो हेर्दा लाग्छ कि तान्त्रिक र नम्रताको सहमतिमा नै भिडियो खिचिएको थियो। जानकारीमा आएअनुसार यी दुईबीचको यो अवस्थालाई नम्रता र तान्त्रिकले प्रायः मोबाइलबाट खिच्दथे र दुवैले हेरेपछि मेटाउने गर्दथे। तर त्यो दिन दुवै मदिराबाट चुर भएका कारण त्यस्तो दृश्य मेटाउन बिर्सिएपछि अन्ततः तान्त्रिक मोबाइल लिएर घर पुगेपछि उनकी श्रीमतीको हातमा त्यो मोबाइल पुगेको थियो। आफ्नै श्रीमान् अर्कै युवतीसँग लिप्त भएको दृश्य कसका श्रीमतीले हेर्न सक्छन् र? त्यै भयो तान्त्रिककी श्रीमतीलाई पनि र त्यो दृश्य एक कान दुई कान हुँदै मैदान भएको थियो।

हुन त डीजे तान्त्रिक, नम्रता र तान्त्रिककी श्रीमतीबीच माइती नेपालमा अबदेखि यस्तो \’क्रियाकलाप\’ नगर्ने, तान्त्रिक र नम्रताबीचको सम्बन्ध पनि अन्त्य गर्ने सहमति भएको थियो। तर, पछि एक्कासि यो दृश्यले कसरी व्यापकता पायो? चर्चाको विषय बनेको छ।

नेपाली म्युजिक भिडियोहरूको मोडलिङको क्षेत्रमा थोरै समयमा नम्रताले नाम र दाम कमाएकी थिइन्। त्यही दामकै कारण नम्रताले केही लगानी गरेर साथीहरूसँग मिलेर दरबारमार्गमा एउटा \’कफी शप\’ पनि खोलेकी छिन्। धरानकी नम्रतालाई बढी नै च्यापेर आफ्नो भिडियोमा खेलाउनेहरू पनि यतिबेला तीनछक्क परेका छन् उनको क्रियाकलाप देखेर। आफूलाई महँगी नायिका र मोडल भन्न रुचाउने नम्रता नेपाली सिनेमाका नायिकाहरूलाई कहिल्यै पनि राम्रो व्यवहार नगर्ने कलाकारमा पर्छिन्। \’आफूलाई अन्य नायिकाहरूभन्दा राम्री, इज्जतदार अनि पढेलेखेकी भनेर अरू कलाकारलाई गन्दै नगन्नेको क्रियाकलाप पनि हेरियो,\’ एक चलचित्र निर्माताले भने। उनका अनुसार हाल छायाङ्कन सकिएको एक सिनेमामा नायिकाको रूपमा अफर गर्दा नम्रताले डेढ लाख मागेकी थिइन्। त्यतिबेला उनले भनेकी थिइन् कि, \’म अरूजस्तै झारे नायिका होइन, मोडलिङबाट आएकी हुँ। हामी अन्य नायिकाजस्तो कममा खेल्दैनौँ।\’ नम्रताको यस्तो रुखो व्यवहारबाट दिक्क भएका ती निर्माता अहिले यसो भन्न थालेका छन्, \’बालबाल बचिएछ।

अब त मोडलहरूलाई फिल्म लाइनमा ल्याउनैहुन्न। यिनीहरूले विकृति फैलाउँछन्।\’ नेपाली चलचित्र त तल्लोस्तरका दर्शकहरूले मात्र हेर्छन् भनेर सधैं नेपाली चलचित्र र प्राविधिकहरूको अवहेलना गर्न अनि सीमित चलचित्रकर्मी र म्युजिक भिडियो निर्देशकहरूको वरिपरि सीमित रहने नम्रताको यतिबेलाको हैसियत कहाँ पुग्यो? उनी आफैं बताउन सक्दिनन्।

नम्रताको चलचित्र बहिष्कार
नेपाली कलाकारको इज्जत र हैसियतमा नै आँच पुग्ने गरी आपत्तिजनक क्रियाकलापको नम्रताको भिडियो बजारमा आएपछि यतिबेला उनको चलचित्र र म्युजिक भिडियोलाई दर्शकहरू बहिष्कार गर्ने तयारीमा लागेका छन्। आफ्नो इज्जत र मानमा बस्न नसक्ने कलाकारहरूको चलचित्र नहेर्ने भनेर पोखराका नेपाली चलचित्रपे्रमी दर्शकहरूले नम्रताको चलचित्र बहिष्कार गर्ने कुरा बताएका छन् भने स्थानीय केबुल टेलिभिजनको उनको म्युजिक भिडियो प्रसारण बन्द गरिसकेका छन्। यसैगरी चितवन र धरानका युवा�युवतीहरूले पनि पोखरेली दर्शकहरूलाई साथ दिने भएका छन्।

यसैबीच नम्रताले आइतबार रिपोर्टर्स क्लबमा यसबारे स्पष्ट पार्ने कुरा बताएकी थिइन् तर उनले पत्रकार सामुन्ने उपस्थित हुने आँटै गरिनन् र पत्रकार सम्मेलनको आयोजना पनि रद्द गरिन्। उच्छृङ्खल क्रियाकलापको दृश्य सार्वजनिक भएपछि कान्तिपुर एफएममा कार्यरत नम्रता त्यहाँबाट निलम्बनमा परेकी छिन् भने उनले खेलेको स्पि्रङ उडको पेपर विज्ञापनबाट पनि नम्रता आउट भएकी छिन्। नम्रताको यो काण्डले फेरि एकपटक समग्र नेपाली मोडलिङमा लाग्नेहरूको शिर निहुरिन पुगेको छ। यसअघि पनि केही मोडलहरू यस्तै काण्डमा मुछिएका थिए। नेपाली सिनेमामा कलाकार र नायिकालाई गन्दै नगन्ने र आफूलाई फरक रूपमा उभ्याउन खोज्ने यस्ता मोडलहरूले अब कुन नाकले गाली गर्न सक्लान् नेपाली चलचित्रकर्मीहरूलाई?

साभार – समाचार नेपाल बाट

Next Page »

Follow

Get every new post delivered to your Inbox.